Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा यसरी मनाईयो ढाकाटोपी दिवस (हेर्नुहोस् ६ तस्विर)

काठमाडौं : जागरुक युवा अभियान नेपालले राजधानीमा छैटौँ नेपाली ढाकाटोपी दिवस मनाएको छ । नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ टोपी दिवस मनाईएको हो ।

सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउने गरिँदै आएको छ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न अभियानले माग गरेको छ ।

 

 

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्