Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलामको फाकफोकथुम गाउँपालिकामा गाडीले किचेर एक जनाकाे मृत्यु

मङ्गलबारे, १६ पुस :  इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ ।

लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताउनुभयो ।

सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो । गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्