Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लहान अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको बनाउने

लहान : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लहान अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको बनाउने बताएका छन् ।

आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गर्न अस्पताल पुगेका उपप्रधानमन्त्री यादवले अस्पताल व्यवस्थापनलाई निर्देशन दिदै अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको अस्पताल बनाउने घोषणा गरेका हुन् ।

अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वास दिनुहुँदै अब श्ययाका आधारमा नभई तहका आधारमा अस्पताललाई वर्गीकरण गरिने जानकारी दिए ।

अब अस्पतालहरू ‘प्राइमरी’, ‘सेकेण्डरी’ र ‘ट्रोसियल’ गरी तीन तहमा वर्गीकरण गरी सोही अनुसारको अस्पतालहरूको विस्तार गरिने उनको कथन थियो । अस्पतालमा देखिएका कमीकमजोरीलाई तत्काल सुधार गरी जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाँले अस्पताल प्रशासनलाई निर्देशनसमेत दिए ।

अस्पताल निरीक्षणका क्रममा अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले अस्पतालको अवस्था र जनशक्तिबारे उपप्रधानमन्त्री यादवलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्