Logo
२५ आश्विन २०८१, शुक्रबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ सय २५ सहसचिवको सूचीको पहिलो नम्बरमा आरोपित भ्रष्टाचारी शर्मा, तेस्रोमा वीरेन्द्र यादव

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सय २५ सह-सचिवको नाम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचीमा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूणामणि शर्मा पहिलो नम्बरमा छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतका सचिव रामप्रसाद थपलिया दोस्रो नम्बरमा छन् । गृह मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव तेस्रो नम्बरमा छन् । मंगलबार सार्वजनिक गरिएको सूचीको चौथो नम्बर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरका सचिव दिपक सुवेदी छन् ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारी ९ औं नम्बरमा परेका छन् । अन्तिम नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीका सचिव गोगनबहादुर हमाल रहेका छन् । उक्त सूचीमा केही त्रुटी रहेको गुनासो समेत आएको छ ।

कतिपय कर्मचारीहरूको नियुक्ति मिति नमिलेको, फरक सेवाका कर्मचारीलाई एउटै सुचीमा राखिएको, राजीनामा दिई निजामती सेवाबाट अलग भैसकेका कर्मचारीको विवरण ज्येष्ठताको सूचीमा रहेको, कतिपयको छुटेको छ । सामान्यका प्रवक्ता अधिकारीले उपसचिव, शाखा अधिकृत पनि क्रमशः सूची सार्वजनिक गरिने जानकारी दिए ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्