Logo
७ जेष्ठ २०८१, सोमबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिस्चियन धर्मावलम्बीहरुको आज ‘क्रिसमस डे’, प्रधानमन्त्री ओलीद्वारा शुभकामना

काठमाण्डाै : क्रिस्चियन धर्मावलम्बीहरुले आज विश्वभर ‘क्रिसमस डे’ मनाइरहेका छन् । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुले आज धुमधामका साथ क्रिसमस मनारहेका छन् ।

केहि दिन अघि काठमाडौं स्थित होटल ह्ह्यातमा क्रिस्चियन धर्मावलम्बी केन्द्रित कार्यक्रम हुँदा निकै आलोचना भएको थियो । तर नेपालमा पछिल्लो केही हप्तादेखी नै क्रिसमसको रौनकता छएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताएका छन् ।

क्रिसमसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको स्मरण गराए ।

“सनातनकालदेखि बहुसङ्ख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्बन गर्नेहरूले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रतासमेत सुनिश्चित गरिएको छ,” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले ‘क्रिसमस डे’का अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्