Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा किशोरीमाथि छुरा प्रहार

पर्सा : पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएकि छिन् । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । पटक-पटक राखेको विवाह प्रताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताए । जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्