Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयरका करण बन्द हुने अबस्थामा कोरिया-नेपाल मैत्री अस्पताल

भक्तपुर : जनप्रतिनिधी आएपछि मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा मेयर मदन सुन्दर श्रेष्ठले बेथिति र भ्रष्टाचार भित्र्याएका छन् । कोरिया सरकारको सहयोगमा संचालन हुदै आएको यो अस्पतालमा मेयर श्रेष्ठ पसेपछि भ्रष्टाचारको अखडाको रुपमा परिणत भएको छ । कार्यकर्ता भर्तीकेन्द्र, भ्रष्टाचार र बेथितिले अस्पताल आफै थला परेको अस्पतालका कर्मचारीले गुनासो गरेका छन् । काँग्रेसका नेताहरुसंग मिलेमतो गरेर मेयर श्रेष्ठले अस्पताल ध्वस्त बनाउदा तीन महिनादेखि डाक्टरले तलब समेत खान नपाएको गुनासो गरेका छन् ।

मन्त्रालय एवं स्वास्थ्य सेवा विभागमा अहिलेसम्म पनि कोरिया नेपाल मैत्री अस्पतालको नाम रहे पनि मेयरले काम गरेको देखाउन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नाम राखेर बोर्ड समेत राखेर र लेटरप्याड समेत त्यही बनाएपछि अन्य निकायबाट आउने सहयोग र मन्त्रालयबाट आउने स्थानीय विकास मन्त्रालयबाट आउने बार्षिक बजेट समेत रोकिएको छ । मन्त्रालयले जनप्रतिनिधी आएपछि बजेट पठाउनै छाडेको कर्मचारीको भनाई छ ।

मेयर मदन सुन्दरले आफ्ना नातेदार पर्ने पाटन अस्पतालका आईसियू इन्चार्ज रहेका ज्ञानकृष्ण कायस्थलाई अस्पतालको कार्यकारी निर्देशक नै बनाएर आर्थिक कारोबारको गर्ने गरि चेकमा हस्ताक्षर गर्न अधिकार दिएपछि अस्पतालमा व्यापक भ्रष्टाचार भएको रहस्य बाहिर आएको छ । अस्पतालमा हप्तामा एक वा दुई दिन केही घण्टाका लागि आउने कायस्थ अस्पतालमा कार्यकारी भएरै छिरेपछि काठमाण्र्डौ युनिभर्सिटी धुलिखेलमा भ्रष्टाचार गरेर लखेटिएर पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान (कलेज) मा प्रशासन प्रमुखका रुपमा रहेका प्रकाश खड्कालाई कायस्थले भित्र्याएपछि अस्पतालमा ब्रम्हलुट मच्चिएको छ ।

बुधबार एकदिन बिज्ञका रुपमा अस्पतालका केही घण्टाका लागि आउने गरेका खड्कालाई कायस्थले करारमा नियुक्ती गरेका छन् । कायस्थ र खड्का मिलेर अस्पताल डुबाउने खेलमा लाग्दा पनि मेयर मौन बसेको कर्मचारीको गुनासो छ ।  काग्रेसका कार्यकर्ता खड्का मार्फत मिलिजुली भ्रष्टाचार गर्दै आएका कायस्थले खड्कालाई नियम विपरित अख्तियारको दुरुपयोग गर्दै एकमुष्ट मासिक २० हजारका दरले एकवर्षको एकैपटक २ लाख ४० हजार रुपैया भ्याट बाहेक बुझेर लगेका छन् । कामै नगरी र हप्तामा एक दिन ३ घण्टा आएर कायस्थको रुममा बसेर कफी र खाजा खाएर गए वापत खड्काले यति मोटो रकम बुझेर लैजादा पनि मेयर मौन छन् ।

खड्काले रकमको दुरुपयोग मात्रै गरेनन् आफ्नै घरमा काम गर्ने एक परियार थरकी केटीलाई अस्पतालमा एकवर्षे करारमा अफिस असिस्टेण्डका रुपमा समेत नियुक्ती दिलाउन भ्याए । तैपनी मेयर किन मौन छन् ? अस्पतालका कर्मचारी सोध्छन् । कायस्थले अस्पतालमा आईटि ईन्जिनियर भनेर ओम प्रजापतिलाई नियुक्त दिए र उनकै बाबु भुवन प्रजापतिलाई फार्मेसी ईन्चार्ज बनाए । अस्पतालका कर्मचारीका अनुसार बि फार्मेसी गरेका डाक्टर भन्दा माथि पाटन अस्पतालमा फार्मेसी असिस्टेण्डका रुपमा काम गरि रिटायर्र भएका भुवनलाई फार्मेसी इँचार्ज बनाए ।

अस्पतालमा कार्यरत पुराना र बि फर्मा गरेको दुईजनालाई तल राखेर तीन महिने फार्मेसी तालिम लिएका भुवनलाई इन्चार्ज बनाए पछि फार्मेसीमा डाक्टर भएकाहरुले अपमान भएको महसुस गरेको कर्मचारी बताउछन् । कायस्थले भुवनलाई मासिक ३५ हजार र ओमलाई मासिक ४५ हजार तलब खुवाएको नियुक्ती मात्रै दिलाएनन् कायस्थले अस्पतालमा अनावश्यक कर्मचारी पनि थपेका छन् । उनी आएपछि मात्रै अफिस असिस्टेण्ड १४ जना, ल्याबमा र डाक्टर गरेर १०० भन्दा बढी कर्मचारी करारमा भर्ना गरेका छन् । १०० कर्मचारी रहेको अस्पतालमा अहिले २०० भन्दा बढी कर्मचारी पुगिसकेको कर्मचारीले बताए ।

एक कर्मचारीले भने–“अस्पतालको आयश्रोत छैन । नगरपालिकाले दिने वार्षिक १० लाख रुपैयाले केही गर्न पुग्दैन, अस्पतालको ऋण १ करोड ४८ लाख पुगिसक्यो, विमाबाट १ लाख ४० हजार आउथ्यो, त्यो पनि बन्द भयो, पुराना डाक्टरले तीन महिनादेखि तलब पाएका छैनन्, अस्पताल डुब्ने भयो ।” पाटन अस्पतालमा एक्सरेको डार्क रुममा काम गर्ने गोकुल सापकोटालाई कायस्थले एक दिन मात्रै आएर काम गर्ने गरि २० हजार मासिक तलबमा अस्पतालको टेक्निकल एडभाइजरको नियुक्ती दिलाए । बिज्ञ नै नभएका खड्का, सापकोटा, प्रजापति जस्तालाई नियुक्ती दिलाउदा पनि मेयरले थाहा नपाए जसरी बस्नुको कारण मध्यपुरका जनता जानन चाहन्छन् ।

अहिले प्रकाश खड्का, गोकल सापकोटाले गोप्य रुपमा टेण्डर र कोटेशन विना नै मोटो कमिसन खाएर अस्पतालका सम्पूर्ण सामाग्रीहरु ल्याएका छन् । यी दुईले कमिसन खाएर अस्पतालमा रहेको फ्युज मर्मत गरे पुग्ने पुरानो एक्सरे प्रिन्टर मेशिनलाई मर्मत नगरी रातारात ७ लाख रुपैया तिरेर पुरानो प्रिन्टरलाई नयाँ प्रिन्टरको मूल्य तिरेर खरिद गरेर ल्याएर जडान गर्दा समेत मेयरले चासो दिएका छैनन् । ब्रम्हलुट गर्न मेयरले छुट दिएका छन् । फोर्मेसीले समेत बिना टेण्डर औषधि, तन्ना, ब्ल्याङकेट, हिटर लगायतका करोडौको सामाग्रीहरु कमिसन खाएर ल्याएको कर्मचारीको भनाई छ ।

अस्पतालमा अहिले कन्सल्टेण्ड डाक्टर मात्रै ५१ जना भन्दा बढी छन् । हरेक साता कर्मचारी थप्ने गरेको गुनासो छ । लेखा र स्टोरमा समेत कर्मचारी थपिएको छ । पुराना कन्सल्टेण्ड डाक्टरले तीन महिनादेखि तलब पाएका छैनन् तर कायस्थले नियुक्ती गरेको नयाले भने तलब खाईरहेका छन् अस्पतालका कर्मचारी भन्छन् । एक कर्मचारी भन्छन्–“फार्मेसीमा विमाका औषधि पाईदैन, अरु औषमिा फार्मेसीले एक पैसा छुट दिदैन, यहाँका कर्मचारीलाई त छुट दिदैन विरामीलाई त के दिनु, नेपाली र सस्ता कम्पनीका औषधि ल्याएर राखेको छ, ती औषधिले राम्रो काम पनि गर्दैन, औषधिमा मात्रै १ करोड ४० लाख भन्दा बढी उद्यारो गैसक्यो, अब यस्तै अबस्था रहे एक वर्षमा अस्पताल बन्द हुन्छ । यहाँ चलिरहेको सिटि स्क्यान मेशिन समेत चेन्ज गर्यो ।

यतिसम्मकी अस्पतालको फार्मेसी औषधि व्यबस्था विभागमा दर्ता नै छैन ।” कर्मचारीका अनुसार कोरियाले प्रोजेक्ट नै छोड्यो भने मन्त्रालयबाट हरेक वर्ष आउने गरेको ३५ देखि ४५ लाख पनि आउन बन्द भयो । सरकारको नियम अनुसार स्थानीय तहले २५ बेडको अस्पताल मात्रै संचालन गर्न पाउछ तर यो ५० बेडको अस्पताल हो, स्वास्थ्य मन्त्रालयले अन्तरिम व्यबस्थापनको लागि मात्रै भनेर नगरपालिकालाई जिम्मेवारी दिदा अस्पताल नै ध्वस्त हुदै गयो, ‘अब कर्मचारी व्यबस्थापन र तलब कसरी खुवाउछ थाहा छैन भन्दै चिन्ता गर्छन् यहाँका कर्मचारी । मेयर साहेब तपाईलाई चाही चिन्ता छैन ?’ भन्छन्, यहाँका जनता ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्