Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई मुलुकबीच १७ वर्षपछि विकासको ढोका खुलेको महशुस : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आफ्नो अमेरिका भ्रमणमा दुई मुलुकबीच १७ वर्षपछि विकासको ढोका खुलेको खुलासा गरेका छन् । मन्त्री ज्ञवालीले अमेरिका भ्रमणमा सबै खाले उच्चस्तरीय भेट भएको र भेटघाट विकासमा साझेदारीमा केन्द्रित भएको बताएका छन् ।

अमेरिका भ्रमणका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले दुई मुलुकबीच १७ वर्षपछि विकासको ढोका खुलेको र दुई देशबीच सम्बन्ध थप प्रगाढ भएको बताए । उनले भने, ‘प्रत्यक्ष सहायता प्रोजेक्ट हाम्रा लागि थप महत्त्वपूर्ण हो। औलो नियन्त्रण लगायतमा पनि अमेरिकाको भूमिका छ।’

ज्ञवालीले नेपालका विकासको सम्भावना बारे जानकारी गराउनु आफ्नो उदेश्य भएको र आफूले सोही बमोजिम गरेको बताए । उनले आफू अमेरिकामा कुनै पनि सम्झौता गर्न नगएको समेत बताए ।

इन्डो प्यासिफिक कुराका सन्दर्भमा दुई मुलुकबीच कुराकानी भएको उनले बताए । ‘सार्कको बारेपनि कुरा भो, दुई मुलुकको हितमा कुरा हुने नै भयो,’ उनले भने, ‘इन्डो प्यासिफिक रणनीतिमा नेपालको भूमिका आउनसक्छ भन्ने कुरा भयो, मैले हामी सबैसँग उस्तै सम्बन्ध राख्न चाहान्छौँ भनेँ।’

भ्रमणको क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा लगानीको वातावरण छ भन्ने हिसावले कुरा गरेको समेत बताएका थिए ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्