Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असुरक्षित रुपमा भ्रुण नष्ट गर्ने क्रम बढ्यो, २० वर्षभन्दा मुनिका किशोरी पनि संलग्न

काठमाडौँ : असुरक्षित रुपमा भ्रुण हत्या गर्ने (गर्भपतन) गराउने किशोरीहरुको संख्या बढ्दो क्रममा रहेको छ । सरकारी तथ्याकलाई नै आधारमान्ने हो भने सय जनामध्ये ५८ किशोरीले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेकका छन् । यो तथ्यांक अनेपेक्षित हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि प्रयोग गर्ने गरेका छन् । मन्त्रालयका अनुसार गर्भपतन गराउने सय जनामध्ये ४२ जनाले मात्र सुरक्षित विधि अपनाउने गरेका हुन् ।

नेपाल कानुन र चिकित्सकका अनुसार १२ साताभन्दा बढीको गर्भ, आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मीबाट हुने र जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भ्रुण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २०७४–७५ मा मात्र ८० हजार ६७२ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २ हजार १६५ जना २० वर्षभन्दा मुनिका किशोरी छन् ।

सरकारी तथ्यांकले २० वर्ष मुनिका किशोरीको गर्भपतन दर झन् भयावह देखाएको छ । यो तथ्यांकमध्ये अधिकांश महिला असुरक्षित हुने चिकित्सकहरू बताउँछन् । गर्भपतन गराउनेमध्ये २५ प्रतिशत २० वर्षमुनिका रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्