Logo
३० बैशाख २०८१, आईतबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समायोजन अध्यादेश विरुद्ध प्राविधिक कर्मचारी सञ्जालको कालो ब्यानर

काठमाण्डौ : देशभरका निजामती कर्मचारी अन्तरगतका प्राविधिक कर्मचारीहरुको साझा संजाल प्राविधिक कर्मचारी सञ्जाल नेपालले समायोजन अध्यादेश २०७५ को विरोधमा कालो व्यानर वुझाएको छ । संशोधन गर्नका लागी भन्दै उठाएका माँगहरुलाई उक्त व्यानरमा उल्लेख गरिएको छ ।

प्राविधिक सञ्जालका संयोजक रामप्रसाद मेहताले कर्मचारी समायोजन अध्यादेशमा भएको व्यवस्था सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै अध्यादेशमा समग्र कर्मचारीको हकहित भन्दा केहि प्रशासकहरुको अनुकुलतामा अध्यादेश आएको बताउदै सरोकारवालासँग समेत छलफल नगरी जारी भएकोले अध्यादेशमा भएको प्रावधानहरु झुक्याउने खालको भएको बताए ।

विभिन्न प्राविधिक क्षेत्रका ८ वटा प्राविधिक एसोसिएशनहरुको संयूक्त प्राविधिक सञालले विभिन्न मागहरुको संशोधनको माग गर्दै विरोधका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

मेहताले अध्यादेशमा सांसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश ल्याउनु परेको उल्लेख भएको प्रति गम्भिर आपति जनाउदै व्यवस्थापिका सांसदले कर्मचारी समायोजन ऐन २०७४ पहिला जारी गरी सकेकोले कर्मचारी समायोजन गर्न समस्या नरहेको अवस्थामा अध्यादेश ल्याउनुको तुक नभएको बताए ।

कर्मचारी समायोजन ऐनले कर्मचारीलाई स्वेच्छीक अवकासको अवसर दिएकोमा ९ हजार कर्मचारीले स्वीच्छीक अवकास रोजेको र स्वेच्छीक अवकासको व्यवस्थालाई खरेज गर्न सरकारले अध्यादेश ल्याएको उनले तर्क गरे ।

पाचौ तह बाट छैठोमा समायोजन हुदामात्र शैक्षिक योग्यताको व्यवस्था विभेदकारी भएको भन्दै विधमान निजामति सेवा ऐन २०४९ को व्यवस्था अनुसार राजपत्रांकित तृतिय श्रेणीमा बढुवा हुने भएकोले यस्तो व्यवस्थाले पाईरहेको बढुवाको प्रावधान भन्दा घटने किसीमको व्यवस्था भएको उनको कथन रहेको छ ।

निजामति सेवामा लोकसेवावाट छनौट गरिएका कर्मचारी लाई तिन वटै तहमा सरुवा र बढुवा हुने व्यवस्था गरिनु पर्ने, श्रेणीगत रुपमा नै कर्मचारी समयोजन गरिनु पर्ने, विश्ष्ठि श्रेणीका कर्मचारी लाई सम्भवभए सम्म जेष्ठता र कार्यसम्पादनको आधारमा खटाउने व्यवस्या परिमार्जन गरि एउटै प्रावधान आधारमा खटाउनु पर्ने मेहताले बताएका छन् ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्