Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यचौकी नै अस्वस्थ : नत औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा

राँझा : बाँकेको जानकी गाउँपालिका-४ स्थित बेलहरी बिरामी जाँच गर्ने स्वास्थ्यचौकी आफैँ अस्वस्थ भएको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ ।

कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो पर्खिनुपर्छ । स्वास्थ्यचौकीमा न्यूनतम आधारभूत सेवासमेत उपलब्ध नभएको स्वास्थ्यचौकीका प्रमुख अहेव टामलाल बेल्वासेले बताए ।

स्रोतसाधनको अभाव सँगै, ६ महीनाको विद्युत्को बिल तिर्न नसकेको र वडा कार्यालयमा यस विषयमा पटक–पटक जानकारी गराइएपनि सुनुवाइ नभएको बेल्वासेले बताए ।

विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट विगतमा बाहिरङ्ग सेवा सञ्चालनका लागि रकम आउने भए पनि स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरणपछि आयस्रोत पनि ठप्प भएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गीरबहादुर गुरुङले मसलन्द खर्चका लागि गाउँपालिकामा रकम माग गरिएको र उपलब्ध भए स्वास्थ्यचौकी सञ्चालनमा सहजता आउने बताए ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्