Logo
२० बैशाख २०८१, बिहीबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पकेटमार स्वंयमले खुलाए सार्वजनिक स्थलमा प्रयोग गर्ने यी १५ कोड भाषा

काठमाडौँ : काठमाडौमा लामो समयदेखि सार्वजनिक सवारीमा पाकेटमारी गर्दै आएको संगठित समूहलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । ६० भन्दा बढी सादा पोसाकका प्रहरीलाई सार्वजनिक यातायातमा खटाएर पाकेटमारलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाको साथबाट प्रहरीले ७ लाख रुपैयाँभन्दा बढी बरामद गरेको छ । यसमध्ये ५ लाख ९६ हजार पीडितलाई हस्तान्तरण गरिएको जनाइएको हो ।

प्रहरीका अनुसार एउटा बसमा पकेटमारले ६ जनाको सम्म समूह बनाएर पैसा,मोबाइल, सिक्री लगायत सामग्री चोर्ने गर्थे । अनुसन्धानपछि प्रहरीले चोरले प्रयोग गर्ने भाषा पनि पत्ता लगाएर सार्वजनिक गरेको छ ।

यस्तो छ चोरले प्रयोग गर्ने कोड भाषा :

मोवाइल – कान

पैसा – द

पैसा धेरै छ – टानको द

पकेटमारी पिडित – रामे

पकेटमारी गर्ने (मास्टर) – काशी

गाडी – कांचा

पैसा थोरै छ – जुटको द

ड्राईभर – माम

केटा – छापा

केटी – भद्री

पुलिस आयो – ठुल्दाइ आयो

गाडी भित्र पछाडी सर – चिछल जा

खलासी – मले

गाडीबाट झरेर भाग – टप्की

गाडी भित्र अगाडी सर – अकल जा

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्