Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहस्यमय घटना : विद्यालयबाट हराएका बालक सेफ्टी ट्यांकीमा

सुर्खेत : दैलेखको नारायण नगरपालिका-१ स्थित विद्यालयबाट सम्पर्कविहीन भएका एक बालक मृत अवस्थामा भेटिएका छन् । उक्त नगरपालिकामा पर्ने सनराईज बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय हिक्मत शाही बुधबार मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सनराईज स्कुल नजिकैको खानेपानी सेफ्टी ट्यांकीमा उनको शव फेला परेको हो । मंगलबार बिहान स्कुल गएका बालक १ बजेदेखि वेपत्ता भएका थिए । बालक सम्पर्कविहीन भएपछि खोजीकार्य तीव्र पारिएको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बालकको खोजी गर्दा प्रहरीले मृत अवस्थामा भेटाएको जानकारी दिए । ‘बालक विद्यालयको पोशाकमा मृत भेटिएका छन्’ उनले भने,‘मंगलबार दिउँसो हराएका बालक विहान ८ बजे मृत अवस्थामा भेटिएका छन् ।’

मृत बालकको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्