Logo
२० बैशाख २०८१, बिहीबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडी सहित NCELL मोवाइलको टावरबाट ब्याट्री चोरेर भाग्दै गरेका ४ पक्राउ

जनकपुरधाम : प्रदेश नम्बर २ स्थित धनुषामा एनसेल मोवाइलको टावरको ब्याट्री चोर्ने एक गिरोह चोरेको व्याट्री र गाडी सहित प्रहरीको फन्दामा परेका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका १ लक्ष्मीनिबासको जन्मुक्तिचोक स्थित एनसेल मोवाइलको टाबरबाट मंगलबार राति व्याट्री खोलेर बी.आर.३२ पी.ए.३४५४ नम्बरको भारतीय स्कारपिओ गाडीमा राखेर भाग्दै गरेको बेला बटेश्वर प्रहरीचौकीले पक्राउ गरेको हो ।

गस्तीमा रहेको बटेश्वर प्रहरीचोकीका प्रहरीले रोकेर बिलबुक चेक गर्न खोज्दा एकजना भाग्न खोजेपछि प्रहरीलाई शंका लागेको थियो । त्यसपछि चेकजाँच गर्दा चोरीको व्याट्री फेला परेपछि गाडीमा रहेका चारैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अहिले ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ । चोर गिरोह सिरहा जिल्लाको रहेको र उनीहरु यसअघि पनि यस्तै ठुला चोरीको घटनाहरुमा संलग्न रहेको आशंका छ ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्