Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनएमबी बैंकबाट १५ लाखसम्म बिनाधितो ऋण कसरी पाउने ?

काठमाडाैं : एनएमबि बैंकले लघु तथा विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाखसम्म विना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

सरकारद्धारा जारी गरेको सहुलियतपूर्ण ऋणका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैंकले सो कर्जा उपलब्ध गराउने भएको हो । लघु तथा विपन्न वर्गलाई लक्षित गरी एनएमबि सहुलियतपूर्ण कर्जा संचालनमा ल्याएको छ ।

जसअन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ भने सात प्रकारका ऋण विना धितो उपलब्ध गराउनेछ ।

बैंकले महिला उद्यमशीलता कर्जाअन्तर्गत १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपंक्षी, बैदेशिक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ ।

त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि सातलाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि पाँचलाख र भूकम्प पीडितहरूको निजी आवास निर्माणमा लागि तीनलाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

यस्तै बैंकले निक्षेपकर्ताहरूलाई थप सुबिधा प्रदान गर्न एनएमबि सहारा बचत खाता पनि संचालनमा ल्याएको छ । जसअन्तर्गत विभिन्न १८ प्रकारका रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँ सम्मको बिमा सुविधा उपलब्ध हुने छ । बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने समेत जानकारी दिएको छ।

 

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्