Logo
३१ बैशाख २०८१, सोमबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एसबिआई बैकको १५.७९ प्रतिशत लाभांस दिने, राष्ट्र बैंकको स्वीकृत पछि शेयरधनीले पाउने

काठमाडौं : नेपाल एसबिआई बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन् ।

बैंकले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। बैंकले ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ।

गत बर्ष बैंकले १६.२३ प्रतिशत लाभांश दिएको थियो। गत बर्ष बैकले एक अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ।

पहिलो त्रैमासको वित्तीय विवरण अनुसार हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ। बैंकको जगेडा कोषमा ५ अर्ब २६ करोड रुपैयाँ छ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्