Logo
६ जेष्ठ २०८१, आईतबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाई-गोठमा बालिएको ‘घुर’बाट सलकेको आगोले आगलागी हुँदा ८ घर जलेर नष्ट

प्रदेश नम्बर २ स्थित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ७ बभनगामाकट्टी (धोवियाहिटोल) मा आगलागी हुँदा ८ घर जलेर नष्ट भएको छ ।

शुक्रबार दिउँसो ५ बजेको समयमा आगलागी हुँदा स्थानीय बिन्देश्वर साफीको ३ घर, नगद रु ५० हजार, एउटा गाईको बाछो, बाख्रा जलेका छन् । साथै प्रसाद रजकको २ घर, सिकिलाल साफिको २ घर र प्रयाग रजकको १ घर जलेर नष्ट भएको हो ।

गाई गोठमा बालिएको (घुर) बाट सलकेको आगोबाट आगलागी भएको स्थानीयको भनाई रहेको छ । आगलागिबाट ५० लाख बराबरको क्षति भएको पिडीत विन्देशवर साफिले बताए ।

आगोलाई स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजविराज नगरपालिका र हनुमाननगर कंकालनी नगरपालिकाबाट गएका २ वटा बारुण यन्त्र समयमा पुग्दा थप क्षतिहुनबाट जोगिएको स्थानीय बासी अरुण यादवले जानकारी दिए ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्