Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात व्यवसायी दुई दिने बैठकमा, कम्पनी दर्तामा बसको संख्या तोक्न नपाउने व्यवसायीहरुको माग

काठमाडौं : सरकारले दिएको मंसिर मसान्तसम्म सवारी साधान दर्ताको समयसिमा सकिन लागेपछि यातायात व्यवसायीहरु दुई दिने बैठकमा जुटेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले शुक्रबार र शनिवार बसेको बैठकले यातायात व्यवसायी अब कसरी जाने भन्ने बारेमा निर्णय गर्ने बताए ।

उनले बैठकमा यातायात व्यवसायीहरुले समितिको चल अचल सम्पतिको रक्षाका लागि रुपान्तरण गर्नुपर्ने,यातायात क्षेत्रमा कार्यरत २५ हजार कर्मचारीको संरक्षण गर्नुपर्ने, कम्पनीमा दर्ता हुनका लागि बसको संख्या निश्चित मात्रामा नतोकेर जतिसुकै मात्रामा गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।

अहिले नेपाल यातायात राष्ट्रिय ब्यवसायी महासंघ अन्र्तगत देशभर २ सय ९७ समितिहरु रहेका छन् । उक्त समितिहरु मार्फत हालसम्म यातायात व्यवस्था कार्यालयमा २८ सय कम्पनीका ७ हजार ५ सय मात्र बस दर्ता भएका छन् ।

विभागले गत मंसिर २२ गते मंसिर मसान्तभित्र विभागमा बससेवा पञ्जिकरण गरिसक्न सार्वजनिक सुचना प्रकाशन गरेको थियो । सुचनामा मंसिर मसान्तभित्र पञ्जिकरण नभएका सवारी साधन पुस १ गतेदेखि सञ्चालन गर्न नपाइने उल्लेख छ ।

यात्रुबहाक बस अब कम्पनीमा दर्ता नभएर पनि सञ्चालन गर्न सकिने यातायात ब्यवस्था विभागका निर्देशक तीर्थराज खनाले बताए । उनले भने-‘बस चलाउन कम्पनीमा दर्ता हुनुपर्ने के बाध्यता छ र ? यातायात व्यवस्था कार्यालयमा पञ्जिकरण उनीहरुले बस चलाउन सक्छन् ।’ उनले सिन्डिकेट भन्ने कुरा नभएको बताउँदै सबै बस पञ्जिकरण भएर सञ्चालन हुने उल्लेख गरे ।

महासचिव सिटौलाले भने- ‘सरकारले दुर्घटना वीमाको नीति प्रष्ट पारेको छैन, घाइते हुँदा समितिले ५०र६० लाख सम्म खर्च गरेर उपचार गथ्र्यो, सरकारले उपचार खर्च ३ लाख दिने भनेको छ, यसमा अझै अपष्टता छ । गाडी दर्ता गर्न कहिले ५ वटा हुनुपर्ने भनेको छ कहिले ९९ वटा हुनुपर्ने भनेको छ यसमा ‘अनलिमिटेड’ हुनुपर्छ ।

सरकार भनेको जनताको अभिभावक हो, सरकारले यातायात समितिका चलअचल सम्पतिको रुपान्तरण गर्नुपर्छ । ’उनले यातायात व्यवसायीहरु २०३४ को संस्था ऐन अनुसार नबस्ने स्पष्ट भइसकेको बताउँदै पहिला पनि सिन्डिकेट नरहेको र अहिले पनि नरहेको बताए ।

शुक्रबार र शनिवारको बस्ने यातायात ब्यवसायीको बैठकपछि व्यवसायीको आधिकारिक धारणा आउने उनले बताए ।

 

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्