Logo
२३ बैशाख २०८१, आईतबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ दलित विद्यार्थीलाई MBBS पढ्न मुख्यमन्त्रीद्वारा १० लाख ५० हजार सहयोग

जनकपुरधाम : आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीनजना दलित विद्यार्थीलाई प्रदेश नम्बर २ सरकारले आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीहरुलाई साढे तीन लाखको दरले चेक हस्तान्तरण गर्नु भएको छ । सो अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँल सहितको उपस्थिति रहेको थियो ।

छात्रवृतिमा नाम निकाली नेशनल मेडिकल कलेज विरंगजमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको आर्थिक सहयोग पाउनेहरुमा छिन्नमस्ता गाँउ पालिका वडा नंम्बर २ बस्ने दिनेश मलिक डोम, सर्लाही इश्वरपुर नपा १ बस्ने रुकेश कुमार राम र प्रमोदकुमार राम रहेका छन ।

दिनेश मलिक डोम समुदायबाट एमबीबीस पढने पहिलो व्यक्ति हुन भने रुकेश कुमार राम र प्रमोद कुमार राम दाजुभाई हुन । यसै बीच उपचार खर्चको आभावमा अपांग भएका महोत्तरी पिपराका शम्भू मिश्रलाई प्रदेश सरकारले उपचारको लागि ५० हजार उपलब्ध गराएको छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्