Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय, प्रदेश र स्थानीय सरकारकै कारण निर्माण व्यवसायी मारमा : महासंघ

काठमाण्डौ : निर्माण क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा देशभरका निर्माण व्यवसायी मारमा परेको जनाएको छ ।

महासंघले विभिन्न तहका सरकारबीच समन्वय हुँदा संघीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको र त्यसको ठूलो मार निर्माण व्यवसायीलाई परेको बताएको हो ।

पछिल्लो समय भुक्तानीको समयमा संघीय सरकारले प्रदेश तथा प्रदेश सरकारले संघीय सरकारलाई देखाउँदा ठूलो अलमलको अवस्था सिर्जना भएको महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै अन्योलका बीच परियोजनाहरूको निर्माणमा ढिलाइ हुँदा दोषीको भागिदार भने निर्माण व्यवसायीलाई मात्र बनाइने गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ । हाल आएर निर्माण व्यवसायीहरूले जारी गरेको बैंक ग्यारेन्टीसमेत केन्द्र वा प्रदेश कुन सरकारको नाममा हुने भन्ने द्विविधा उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय स्तरका परियोजना निर्माणका लागि हाल प्रदेश सरकार सबल नभएको अवस्थामा समस्या समाधानका लागि परियोजनाहरू सम्पन्न नहुन्जेल र भुक्तानी नभएसम्म सम्झौता भएको निकाय केन्द्रीय सरकारबाट नै व्यवस्थापनका लागि महासंघले माग गरेको छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्