Logo
३१ बैशाख २०८१, सोमबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मुल्य खस्कियो, सेयरधनीहरु आक्रोशित

काठमाडौं : बहुराष्ट्रिय कम्पनी स्टान्र्डड चार्टड समुहद्धारा प्रर्वधित स्टान्र्डड चार्टड बैक नेपालको सेयर मुल्य निकै ने खस्किएको छ । केही बर्षअघिसम्म पनि १ हजार रुपैयाँ भन्दा माथि रहेको सो बैंकको प्रतिकित्ता सेयर मुल्य अहिले घटेर ५ सय ८३ रुपैयाँमा झरेको छ ।

बैंकको व्यवस्थापकीय कमजोरीका कारण पछिल्लो समय सो बैंकलाई ठूलो संस्थागत निक्षेपकर्ताहरुले विश्वास गर्न छाडेका छन् । सोही आधारमा पनि बैंकमा स्वदेशी तथा बिदेशी गैरसरकारी संस्था, बिदेशी दुुतावास एवं दुुतावासमा कार्यरत बिदेशी नागरिकहरुले समेत निक्षेप जम्मा गर्न छाडेका छन् ।

यसको प्रभाव बैंकको निक्षेपमा देखिएको छ । निक्षेप नबढेकाकारण बैकको कर्जा बढ्न सकेको छैन । यसले गर्दा पछिल्ला बर्षहरुमा बैंकको खुद व्याज आम्दानी पनि कम भएको छ ।

प्रत्येक बर्ष बैंकको व्यवस्थापकीय खर्च बढ्दै गएको र त्यसको तुुलनामा बैंकको खुद व्याज आम्दानी कमजोर भएपश्चात खुुद मुनाफा पनि खासै बढ्न सकेको छैन । सोही कारण पनि बैंकले आाफ्ना सेयरधनीहरुलाई सन्तोषजनक रुपमा लाभांस बितरण गर्न सकेका छन् ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्