Logo
३१ बैशाख २०८१, सोमबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक वर्षमा इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो ।

बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ । उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने रु १ अर्ब ९१ करोड ६२ लाख ७ हजार ८२० शेयर लाभांश शेयरधनीलाई वितरण गर्न लागिएको हो ।

त्यस्तै उक्त चुक्ता पूँजीको २२ प्रतिशत अर्थात् रु २ अर्ब ३४ करोड २० लाख ३१ हजार ७८० नगद लाभांश वितरण गर्न लागिएको हो ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्