Logo
३१ बैशाख २०८१, सोमबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ महिनामा ३ खर्ब ६० अर्बको बैंकस्तरीय कारोबार

काठमाडौं : बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो ३ महिनामा ३ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढीको बैकस्तरीय कारोबार गरेका छन् ।

राष्ट्र बैंकका अनुसार २८ वटा वाणिज्य बैंकहरुले मात्र यस अवधिमा ३ खर्ब ३६ अर्ब ८७ करोड रुपैयाँको बैकस्तरीय कारोबार गरेकाछन् । विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने यस अवधिमा ३२ अर्ब ४४ करोड रुपैयाँबराबरको बैंकस्तरीय कारोबार गरेकाछन् ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले क्रमशः २ खर्ब २ अर्ब ४० करोड र ७ अर्ब ८ करोड रुपैयाँबराबरको बैंकस्तरीय कारोबार गरेका थिए ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्