Logo
५ जेष्ठ २०८१, शनिबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका हितेसी एकनाथ ढकाल परिवार नियोजनको साधनका भने विरोधी

काठमाडौं : नोपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी नेकपा भन्दा पनि शक्तिशाली ठहरिएका नेपाल परिवार दलका अध्यक्ष तथा युनिभर्सल पिस फेडरेसनका अध्यक्ष एवं पुर्वमन्त्री एकनाथ ढकालले ओली सरकारलाई नराम्रोसँग नाङ्गेझार बनाएको चर्चा बजारमा सुरु भएको छ ।

नेकपामा बरिष्ठ रहेको नेता माधव कुमार नेपाललाई दुवै कोरिया घुमाउदै निर्वाचनमा समेत आर्थिक रुपले सघाएर अहिले दह्रो सम्बन्ध कायग गरेका ढकालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड भन्दै घुमाएर आर्थिक लाभ समेत दिन सफल भएका छन् ।

पछिल्लो समय होटल ह्यातको कार्यक्रम निकै विवादित बनेपछि हामिले उनीहरुबीचको सम्बनधलाई केलाउने प्रयास ग¥यौं । त्यसपछि के जानकारी भयो भने नेता नेपाल ढकालको पुच्छर समातेर सात समुन्द्रसम्म तर्दा रहेछन् भने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी समेत चकित परेर ढकाललाई इश्वरको रुपमा नै स्वीकार गर्नेगरेका छन् ।

नेकपाका एक नेताले भने चुनावमा ओली र माधवलाई ढकालले निकै मोटो रकम सहयोग गरेका थिए । उक्त नेताका अनुसार होटेल ह्यातको कार्यक्रममा नगएर आफूलाई निकै स्वक्ष देखाएका नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको कनेक्सनपनि कमताको छैन ढकालसँग ।

उक्त नेताले भने अध्यक्ष प्रचण्डले त संविधानसभा बिघटन भएको बेला ढकाललाई मन्त्रीपरिषद्को अध्यक्ष बनाउने भन्दै नामै सिफारिस गरेका थिए । तर राजनीतिक कुरा मिलेन उनको सिफारिस सफल हुन सकेन ।

६ जना छोरीका बुवा रहेका ढकालले युनिफिकेसन चर्चको सिद्धान्तअनुसार आफूले परिवार नियोजन नगरेको बताउने गरेका छन् । ‘सन्तान प्रकृतिका देन हुन्, अप्राकृतिक तवरले यिनीहरुलाई रोक्नुहुँदैन,’ उनी भन्ने गर्छन् ।

फादर मुनले श्रीमान–श्रीमतीबीच यौन सम्वन्ध राख्दा परिवारनियोजनको साधन प्रयोग नगर्न आदेश दिएका थिए । तर, यो नीतिलाई संस्थामा कसैले अनुशरण गरेको पाइँदैन तर एकनाथ भने आफूले निकै पालना गरेको बताउने गरेका हुन्छन् ।

त्यसो त उनले आफ्नो बचाउका लागि मात्रै ‘सिद्धान्त’ को खोल ओढेको आरोप पनि छ । खासमा उनले आफ्ना बाबुआमाले जस्तै छोराको आशमा लगातार सन्तान जन्माइरहेको उनका निकटवर्तीहरु बताउँछन् ।

सन्तान प्रकृतिका बरदान हुन भन्ने फादर मुनको भनाईलाई आत्मसाथ गरेको भन्दै कुर्लिने ढकालले छोरीहरुको लस्कर जन्मिएपछि अस्पतालको कुरुवा कक्षमै आँशु खसालेको उनी निकट एक कर्मचारीको भनाई रहेको छ ।

ढकालले छोरीहरुको नाम समेत तीन थरी कुराको समिश्रणमा घुलित बनाएर राखेका छन् । आफू नेपाली, श्रीमती फिलिपिनो र गुरु कोरियन भएकाले तीनथरी नाम राखेको उनको भनाइ छ ।

जेठी छोरीको नाम इस्थर इन ढकाल हो भने माइलीको काही गाडन ढकाल, साइलीको सिम हा ढकाल, काइलीको एकता ढकाल, कान्छीको ऐश्वर्य ढकाल नामाकरण गरिएको छ । अन्तरी छोरीको नाम थाहा हुन सकेन । होटेल ह्यातको कार्यक्रमबारे उनको प्रतिकृया लिने निकै प्रयास गरेतापनि उनीसँग सम्पर्क भने हुन सकेन ।

फेरी उनको अर्को रोचक कुरा के छ भने उनलाई इशाई धर्मको प्रचारक भनिएपनि हिन्दू संस्कारअनुसार किरिया यूपीएफको धार्मिक आस्थालाई ‘यूनिफिकेसनिज्म’ नाम दिने गरिएको छ । क्रिश्चियन धर्मलाई अप्रभंस गरेर नै मुनले यो सिद्दान्त आविष्कार गरेका हुन् । तर, यसभित्र हुने सबै गतिविधि क्रिस्चियानिटीसँग मेल खान्छन् ।

नेपालमा यूपीएफलाई एकनाथले धार्मिक नभएर सामाजिक संस्थाको खोल ओढाइदिएका छन् । उल्लेखनीय के छ भने उनले यस संस्थामा लाग्नेहरुलाई हिन्दू धर्म त्याग्नुपर्ने अनिवार्यता गरेका छैनन् । उनी स्वयम् पनि हिन्दू धर्मसँग सम्वन्धित चाडपर्वहरु मनाउँछन् । दशैंमा टीका लगाउँछन्, जनै पूर्णिमामा जनै भिर्छन् ।

दुई वर्ष अगाडि आमा टंककुमारीको मृत्यू हुँदा उनले हिन्दू विधानअनुसार १३ दिने किरिया गरेका थिए । किरियापुत्री बस्दाखेरि नै उनले परिवार दलको बैठक बसालेर अर्को चर्चा बटुलेका थिए । उनी आमाबुवाको वार्षिक श्राद्ध भने गर्दैनन् । यसरी हेर्दा आफूले अपनाएको धर्ममा एकनाथको कट्टरता नभएको महसुस गर्न सकिन्छ ।

‘उनले आस्थाका कारण नभएर पैसा र पावरका लागि यो संस्था चलाएका हुन्,’ स्रोतको दाबी छ । नेपालमा यो संस्थामा लाग्नेहरुले क्रिस्चियानिटी त अपनाउँछन्, तर हिन्दू धर्म पनि छाड्दैनन् । उनीहरु समानान्तररुपमा दुई धर्म पालना गरिरहेका छन् ।

सदस्यहरुलाई हिन्दू संस्कारबाट बिहे गर्न पनि एकनाथले रोकटोक लगाएका छैनन् । तर, उनीहरुले ब्लेसिङ भने अनिवार्य लिनुपर्छ । संस्थाका कतिपयले गाईको मासु खान्छन् भने कतिले खाँदैनन् । यसमा पनि कुनै कडाई छैन ।

‘होली वाइन’ पटक–पटक पिए पनि एकनाथले अन्य रक्सी पिउँदैनन् । रक्सी–चुरोट पिउन संस्थामा अरुलाई पनि कडाइ छ । कपालमा जेल लगाएर टिपटप भएर हिँड्ने एकनाथको लाइफस्टाइल रवाफिलो र विलासी छ । उनी महिनैपिच्छे विदेश भ्रमणमा हिँडिरहेका हुन्छन् । महंगो गाडी चढ्छन् ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्