Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा अध्यक्षको मनपर्दी निर्णयले विग्रियो गाँउको माहोल, लाखौंको सम्पत्ती छत्तविछत्त

प्रदेश नम्बर २ स्थित महोत्तरी जिल्लाको सम्सी गाँउपालिकामा एक वडा अध्यक्षको मनपर्दी निर्णयले निर्णयका कारण लाखौंको सम्पत्ती नष्ट भएको छ भने गाँउको माहोल विग्रिएको छ । वडा नम्बर १ स्थित पर्सा वजारका स्थानिय वासिन्दा वडा अध्यक्ष विरुद्ध आन्दोलित बनेका छन् । हुलाकी राजमार्गको लिंक रोड बिस्तारका नाममा वडा अध्यक्ष विपिन बिहारी यदुवीरले राजनीतिक पुर्वाग्रहका कारण सडक मापदण्ड भन्दा निकै पर रहेको बजारलाई नै भतकाएपछि स्थानियहरु उनी विरुद्ध आन्दोलित भएका हुन् । वडाध्यक्ष यदुवीरले पूर्वाग्रही तरिकाले सडकमा नपरेको घर पनि भत्काएका हुन् ।

सडक बिस्ताका लागि तय गरिएको ३० फिटे मापदण्डलाई स्थानियहरुले स्वीकार गरेपनि विना सुचना तथा निर्णय विना नै बनाउने भनिएको सडक भन्दा निकै पर रहेको बजारका घरहरु डोजर लगाएर भत्काएपछि पर्साको माहोल विग्रिएको हो । वडा अध्यक्षले एक्कासी २/३ वटा डोजर सहित आएर बजारको घर भत्काउन थालेपछि अवास्था तनावग्रस्त बनेको थियो भने उक्त घरहरुमा रहेका लाखौंको बजारजन्य सामग्री छत्तविछत्त भएको छ ।

‘३० फिटे सडक मापदण्डमा पर्ने घरहरु भत्तकाउन स्थानिय वासीहरु तयार थियो तर वडा अध्यक्षले नयाँ परियोजना बनाउने भन्दै सडको झण्डै ५० मिटर पर रहेको अन्य घरहरुलाई भत्काएका छन् । स्थानिय विन्देश्वर महतोले भने ‘वडाअध्यक्षको एक्कल निर्णय र दादागीरीका कारण उक्त घरहरुमा बिभिन्न खालका पसलहरु रहेकाले त्यसमा रहेको लाखौंको मालसामान नष्ट भएको छ’ ।

स्वास्थ्य राज्यमन्त्री तथा उक्त क्षेत्रका सांसद डा. सुरेन्द्रकुमार यादव उक्त घटनाबारे आफूलाई जानकारी रहेतापनि उक्त कार्य वडाअध्यक्षको सरासर गल्ती देखिएको बताए । घट्ना भइसकेपछि मलाई जानकारी भएको छ, वडा अध्यक्षले किन त्यस्तो गर्यो मलाई थाह छैन, कुनै परियोजना आदिको नाममा त्यस्तो तयारी थिएन उनले भने भोली म घट्ना स्थल पुग्दैछु अनिमात्र केहि भन्न सकिएला ।’

गाँउपालिका अध्यक्ष शेष फारुकले भने आफूलाई यसबारे कुनै जानकारी नरहेको भन्दै वडाअध्यक्षले आफूसँग कुनै पुर्व सहमती समेत नलिएको बताए । उनले भने ‘वडाअध्यक्षको मोवाइल फोन भने सम्पर्क भइरहेको छैन, उक्त घटनापछि उनी फरार भएको स्थानियहरुले बताएकाछन् उनको पनि कुरा बुझेपछि मात्र केहि भन्न सकिन्छ ।’ हुलाकी राजमार्गमा पर्ने सम्सी गौशाला सडक खण्डमा अध्यक्ष यादवले पूर्वाग्रही भएर पर्सा बजारमा सडकमा नपर्ने घरमाथि पनि डोजर भिडाएका हुन् । सडकमा पर्ने र नपर्ने गरी झण्डै एकदर्जन घर तथा पसलमाथि डोजर चलाउँदा लाखौंको क्षति भएको स्थानीयले बताएका छन् ।

काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित यदुवीरले मंगलबार दिउँसो सडकको मापदण्ड भित्र नपर्ने घरमाथि पूर्वाग्रही तरिकाले डोजर लगाएर तोडफोड गरेर लाखौंको क्षति गरेको राजपा नेपालका युव संगठनका केन्द्रिय अध्यक्ष रंजित सिंहको आरोप छ । बजारमै बाबा बालेश्वर नाथको मन्दिरको जग्गामा सडक भन्दा बाहिर रहेको घर तथा पसलमा मान्छे भित्र हुँदा समेत जिउँधनको ख्यालै नगरी पदको आडमा डोजर चलाएर क्षति पुर्याएको भन्दै सिंहले गडाध्यक्षलाई कार्वाही हुनुपर्ने माग गरे ।

त्यस्तै उक्त क्षेत्रका प्रदेश सांसद एवं फोरमका नेता कौशल यादवले वडाध्यक्षले तोडफोड गरेको झण्डै एकदर्जन घर मध्ये विन्देश्वर महतोको हार्डवेयर पसल भएको दुई तल्ले घर र लिलाधर राउतको आयरन स्टोर्स पसल भएको घर विसुद्ध रुपमा सडक बाहिर रहेको बताए । वडा नं. १ मा स्थानीय चुनावमा राजपा नेपालबाट वडाध्यक्षमा विन्देश्व यादव लडेर हार वेहोरेको र उक्त वाडाबाट नै काँग्रेसबाट विपीन यादव जितेकोले पूर्वाग्रही तरिकाले विन्देश्वको घड तोडको प्रदेश सांसद यादवको ठहर छ ।

वडाध्यक्षले बलजफती दादागिरी तरिकाले तोडेको मापदण्ड बाहिरका घरको विषयमा वुधबार विहान मन्त्री यादव समेत सडक विभागका प्रतिनिधी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी लगायतको टोलीले निरीक्षण गरी छानविन गर्ने समेत प्रदेश सांसद यादवले बताए ।

स्थानियका अनुसार उक्त क्षेत्रको जग्गा भने एैलानी हुन् भने पछिल्लो २० वर्षदेखि तत्कालिन गाविसको स्वीकृत अनुसार स्थानीयले भोगचलन गर्दै आएका थिए । तर वडा अध्यक्षले भने उक्त जग्गा–जमिन गाँउपालिकाको भएकाले वडाले त्यसमा जत्तिबेला पनि जेपनी गर्न सक्ने तर्क गर्दै आएका थिए ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्