Logo
७ जेष्ठ २०८१, सोमबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकापुर घटना राजनीतिक मुद्दा : रेशमलाई शपथ नगराए २३ देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी

कैलाली : थारु कल्याणकारिणी सभा (थाकस) कैलाली क्षेत्र नम्बर-१बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्दै थाकसले यस्तो चेतावनी दिएको हो ।

थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले भने, ‘राज्यले टीकापुर घटनालाई आपराधिक मुद्दा नभई राजनीतिक मुद्दाको रुपमा लिनुपर्छ। देशमा राजनीतिक मुद्धा धेरै चोटी भएका छन्।’

उनले देशको आदिवासी समुदायले आफ्‍नो राजनीतिक अधिकार प्राप्तिको आन्दोलनलाई राजनीतिक रुपमै सम्बोधन गर्नुपर्ने माग गरे । उनले प्रश्‍न गर्दै भने, ‘१२ वर्षे जनयुद्ध, झापा काण्ड लगायतका मुद्दा कु प्रकृतिको मुद्दा हो ? राज्‍य किन एउटा कमजोर समुदायको आवाज र मतलाई बदर गरिरहेको छ ?  राज्‍य किन टीकापुर घटनाको प्रतिवेदन लुकाएर बसेको छ ?‘

अदालती प्रक्रिया भन्दै सरकारले २७ जना निर्दोष थारुहरूलाई ४० महिनादेखि पुर्पक्षको लागि भन्दै कारागारमा कोचेर अन्याय गरिरहेकाले क्षतिपूर्तिसहित तत्काल रिहाइ गर्नुपर्ने उनले बताए।

थरुहट संघर्ष समितिले उठान गरेका पहिचानसहितको अधिकारसम्पन्‍न सीमांकन कायम गर्नुपर्ने, थरुहट आन्दोलन सम्बन्धि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको उच्चस्तरीय छानबिन टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्