समुन्द्री सतहदेखि १९ सय मिटर उचाईमा रहेको दैलेख गुराँस गाउँपालिकास्थित रानीमत्ताको लेकमा लगाइएको बन्दा, काउली, आलु, केराउलगायत तरकारीखेती । पछिल्लो समयमा रानीमत्ता लेक तरकारी उत्पादन क्षेत्रका रुपमा विकास हुँदै गएको छ । तस्वीर : शुरबहादुर सिंह,सुर्खेतपुरानो कपडा पेलेर सिरक डसना बनाइँदै । पाल्पा रामपुरमा मेशिनद्वारा पुरानो कपडा पेलेर नयाँ सिरक डसना बनाउँदै । तस्बिर : सुशिला रेग्मी, बेझाडपुरानो कपडा पेलेर सिरक डसना बनाइँदै । पाल्पा रामपुरमा मेशिनद्वारा पुरानो कपडा पेलेर नयाँ सिरक डसना बनाउँदै । तस्बिर : सुशिला रेग्मी, बेझाड (पाल्पा)सिंजा गाउँपालिका अन्र्तगतका बिद्यालयमा चालु शैक्षिक सत्रको अन्तिम परीक्षा मङसिर १७ गतेदेखि शुरु । कैलाश माध्यामिक बिद्यालय फुंग्रका कक्षा १ देखि १० सम्मका विद्यार्थी चौरमा घाम ताप्दै बार्षिक परीक्षा दिंदै । तस्वीर : मानदत्त रावलजन्मदर्ता नहुँदा कक्षा दोहो¥याएर पढदै आएकी चन्द्रलाल बराइलीकी छोरी बर्सिना बराइली । तस्वीर : रवीन्द्र काफ्ले, फिदिम पाँचथर, राससनागरिकताविहीन अतिविपन्न चन्द्रलाल बराइलीको परिवार । तस्वीर : रवीन्द्र काफ्ले, फिदिम पाँचथरसुनसरी सदरमुकाम इनरुवा– ९ बबियामा पकेको धान, जनमजदुरको अभावका कारण काटन नपाउँदा खेतमा बाला छर्दै । तस्वीर : अजितकुमार झा, इनरुवादाँङको गिठेपानीका किसान मह काढदै । तस्वीर : दीपक बोहरा,लमहीआईएलओको सहयोग र राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले सञ्चालन गरेको तालीममा कपडामा बुट्टा भर्दै कञ्चनपुरको भीमदत्तनगरपालिका ९ ब्रम्हदेवका मुक्त हलिया परिवारका महिला । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुरचन्द्रलाल बराइलीको परिवार बस्दै आएको कटेरो । तस्वीर : रवीन्द्र काफ्ले, फिदिम पाँचथरतनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि खोर राख्दै स्थानीय एवं प्रहरी । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान जान थालेपछि चितुवा नियन्त्रणको प्रयास थालिएको हो । तस्बिर : कृष्ण न्यौपाने, दमौली,नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जमा सोमबार चालक अनुमतिपत्रका लागि अनलाइन प्रणालिको माध्यमले तस्विर सहितको निवेदन दिँदै एक महिला । लामो समयदेखि बन्द रहेको चालक अनुमतिपत्र वितरण खुल्ला गरेपछि निवेदन दिन दैनिक सयकडौको संख्यामा सर्वसाधारण कार्यालयमा आउने गरेको नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जका सूचना अधिकारी रोहितकुमार कोइरालाले जानकारी दिनभयो । तस्वीर : बिजयकुमार महतो/पर्सातुलसीपुर उपमहानगरपालिका वडा नं ५ तुलसीपुरका ५८ वर्षीय गोबिन्दप्रसाद बस्याल अर्गानिक तरिकाले व्यावसायिकरुपमा गरेको केराखेती । उहाँले राप्ती अञ्चल अस्पतालको खाली जमिन भाँडामा लिएर केराखेती गर्दै । तस्वीर : नारायणी रजौरे, दाङ, प्रदेश नं ५