Logo
७ जेष्ठ २०८१, सोमबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशिया प्यासिफिक समिटमा आएनन् भाजपाबाट कुनै आधिकारिक प्रतिनिधि

काठमाडौं : भारत स्थित सत्तारुढ दल भारतीय जनता पार्टीका उपाध्यक्ष श्याम जाजुले काठमाण्डौ स्थित एशिया प्यासिफिक समिटमा भाग लिन कोही पनि आधिकारिक प्रतिनिधि नआएको स्पष्ट पारेका छन् ।

३ दिने नेपाल भ्रमण सकेत आज स्वदेश फर्किनुअघि नागरिक टाइम्ससँगको विषेश कुराकानी गर्दै उनले भने ,‘म विजेपीको उपाध्यक्ष हुँ, तर म नीजी कामले नेपाल आएको हुँ, म एशिया प्यासिफिक समिटमा भाग लिन पार्टीको आधिकारिक प्रतिनिधिको रुपमा आएको होईन । मलाई पार्टीले पठाएको पनि होईन् ।’

‘हाम्रो भाजपाको आधिकारिक रुपमा यो समिटमा कसैको सहभागीता छैन् ।’ उनले भने ‘नेपाल मामिलाबारे आधिकारिक रुपमा हाम्रो प्रतिनिधित्व भगतसिंह कोशियारीजीले गर्नुहुन्छ वा पार्टीले तोकेका ब्यक्तीले गर्नुहुन्छ’

उपाध्यक्ष जाजु शुक्रवार साँझ काठमाडौं आएका थिए । उनी आइतबार पोखरा घुम्न गएका थिए । भने सोवार साँझ भारत प्रस्थान फर्केका छन् । एशिया प्यासिफिक समिटमा भारतबाट साउथ दिल्ली नगरपालिकाका मेयर नरेन्द्र कुमार चावला र नेता विजय जोलीको सहभागिता रहेको थियो । तर उनीहरु भाजपाको आधिकारिक प्रतिनिधि नरहेको भाजपा श्रोतले जनाएको छ ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्