Logo
७ जेष्ठ २०८१, सोमबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल पक्षको असहमतिले रोकिएको नेकपा प्रदेश कमिटीको नाम सार्वजनिक (सूची सहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीको नाम सार्वजनिक गरेको छ । १२ मंसिरमा नेकपाको सचिवालय कमिटीले टुंग्याएको नाम आज सार्वजनिक गरिएको हो । गत बुधबार नै नाम सार्वजनिक गरिने बताइए पनि केही नाममा नेता माधव नेपाल पक्षले असहमति जनाएपछि सार्वजनिक हुन सकेको थिएन ।

असोज ५ गतेको सचिवालय बैठकले सातै प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । त्यस्तै सचिवालय बैठकले प्रदेश कमिटीको नामावलीको प्रस्ताव तयार पार्न र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको खाका तयार पार्न रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

थापा र पौडेलको कार्यदलले प्रदेश कार्यदलले यसअघि नै बुझाएको सूचीलाई आधार बनाएर नामावली तयार पारेको स्रोतको दाबी छ । प्रदेश १ को २०७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ जना परेका छन् ।

यस्तै प्रदेश नम्बर २ मा पूर्वएमालेबाट १ सय ६ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन् । २१५ सदस्यीय कमिटीमा २ जनाको नाम रिक्त राखिएको छ । पार्टी प्रवेशको तयारी भएकोले नवप्रवेशीलाई ३ सदस्य छुट्टयाइएको छ ।

प्रदेश नम्बर ३ को २ सय १७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ जना परेका छन् । गण्डकी प्रदेशको १८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५जना परेका छन् ।

यस्तै प्रदेश ५ को २ सय ३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय ६ र माओवादी केन्द्रबाट ९७ जना परेका छन् । कर्णाली प्रदेशको १ सय ७५ सदस्यीय कमिटीमा पूर्वएमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना परेका छन् ।

सुदूरपश्चिम प्रदेशको १ सय ८३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना सदस्य रहेका छन् ।

यस्तो छ सूची :

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्