Logo
७ जेष्ठ २०८१, सोमबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमति हुन नसकेपछि विना निष्कर्ष संवैधानिक परिषदको बैठक स्थगित्

काठमाडौं : आज बसेको संवैधानिक परिषद्को बैठक स्थगित् बनेको छ । भावी प्रधानन्यायाधीश सिफारिसका लागि बसेको सो बैठकमा चोलेन्द्र शमशेर राणा वा दीपकराज जोशी कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति हुन नसकेपछि निष्कर्ष्विहीन बनेको हो ।

न्याय परिषद्ले जोशीलाई पहिलो नम्बर र राणालाई २ नम्बरमा राखेर परिषद्मा पठाएको थियो । सो अनुसार भावी प्रधानन्यायाशीको टुंगो लगाउन सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसेको थियो ।

अब अर्को २२ गते बस्ने भएको छ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल आगामी पुस १८ गतेदेखि सकिँदैछ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्