Logo
३० बैशाख २०८१, आईतबार
(November 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरलाई संयोजकबाट हटाइएको होइन, विधान अनुसार उहाँकै आफै हटेका हुन् : कर्ण

काठमाण्डौ : राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अध्यक्षमण्डलको संयोजकबाट महन्थ ठाकुरालाई हटाइएको भन्ने बुझाई गलत भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा कुराकानी गर्दै कर्णले विधान अनुसार संयोजक परिवर्तन गरिएको स्पष्ट पारेका छन् ।

ठाकुरकै सहमति र विधानअनुसार अध्यक्षमण्डलले राजेन्द्र महतोलाई संयोजक बनाउने निर्णय भएको कर्णले बताए । संयोजक परिवर्तनपछि पनि पार्टीभित्र विवाद नभएको उनको जिकिर छ ।

केही नेताहरु काठमाण्डौ बाहिर भएकाले बैठक बस्न नसकिएको विषयलाई विवादका कारण बैठक नबसेको भनेर चर्चा गरिएको उनको गुनासो छ ।

मधेशी जनताले एकतावद्ध भएर अधिकार प्राप्तिको लडाईमा होमिन म्याण्डेट दिएको उल्लेख गर्दै उनले पार्टी फुट्ने सम्भावना नरहेको स्पष्ट पारे ।

संयोजक परिवर्तन गरिएकोमा महन्थ ठाकुरको आपत्ति नरहेको पनि कर्णले बताए । कर्णले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने अवस्था आएको कर्णले बताए ।

प्रकाशित मिति: Nov 27, 2018

प्रतिक्रिया दिनुहोस्