Logo
३१ बैशाख २०८१, सोमबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटनमन्त्री अधिकारीको विरोध गरेपछि ६ जना प्रहरी नियन्त्रणमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाएका छन् ।बहुप्रतिष्ठित वाइडबडी खरिद प्रक्रियामा घोटाला भएको र सरकारले यसबारे जवाफ दिन आनाकानी गरेको भन्दै नयाँ शक्ति नेपालका विद्यार्थीले कालो झण्डा देखाएको जनाएका छन् ।

विरोद स्वरुप कालो झण्डा देखाएको भन्दै ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको रानाले नेपालपानालाई बताए ।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्