Logo
३० बैशाख २०८१, आईतबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘तमलोपा’ कार्यालयमा बस्ने भनिएको राजपा असन्तुष्टहरुको बैठक स्थगित

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का पूर्वसंयोजक महन्थ ठाकुरनिकट नेताकार्यकर्ताहरूको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । पार्टी अध्यक्षमण्डल संयोजकमा राजेन्द्र महतोको पदस्थापनपछि विकसित घटनाक्रमबारे छलफल गर्न राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको अगुवाइमा बैठक बोलाइएको थियो ।

तत्कालीन तमलोपाको बिजुलीबजारस्थित कार्यालयमा बस्ने भनिएको बैठक ठाकुरको अनिच्छापछि स्थगन भएको हो । राजपा नेता सर्वेन्द्रनाथ शुक्लका अनुसार बैठक बोलाउन खोजेका पार्टीका नेताहरूलाई ठाकुरले सहमति नदिएपछि बैठक नहुने बताए ।

उनले बैठक बोलाउने विषयमा ठाकुरको संलग्नता नरहेको समेत प्रस्ट्याए । तर, तत्कालीन तमलोपानिकट नेताकार्यकताका बीच पार्टीको मौजुदा परिस्थितिबारे निरन्तर अनौपचारिक छलफल भने भइरहेको छ ।

फाइल तस्विर

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्