Logo
१ जेष्ठ २०८१, मंगलबार
(October 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवाको मेयरबाट आफू र आफ्ना परिवारमाथि ज्यानको जोखिम भएको भन्दै जिप्राकामा निवेदन

इनरुवा : इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट आफू र आफ्ना परिवारमाथि ज्यानको जोखिम भएको भन्दै एक स्थानीयले शान्ति सुरक्षाको माग गरेका छन ।

दिनेशकुमार लम्सालले शान्ति सुरक्षा उपलब्ध गराई पाउँ भनि जिल्ला प्रशासन कार्यालय सुनसरीमा दिएको निवेदन अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीलाई शान्ति सुरक्षाको ब्यवस्था मिलाउन भनिएको छ ।

प्रशासन कार्यालयको दर्ता किताबको १ सय १६ नम्बरमा निबेदन दर्ता गराएका छन् ।

अदालतको निषेधाज्ञा विरुद्ध मेयरले अर्काको घरजग्गा बचाउने गरी आफ्नो जग्गामा ढल खन्न थालेपछि विरोध गर्दा आफूमाथि हातपातको समेत प्रयास भएकोले आफू र आफ्नो परिवारको ज्यान जोखिममा परेको भन्दै शान्ति सुरक्षाको माग उनले निवेदनमा गरेका छन ।

निवेदनमा उनले मेयर मेहताले शक्ति र पैसाको दुरुपयोग गरी आफै वा अरु ब्यक्रि परिचालन गरेर आफू र आफ्ना परिवारप्रति आक्रमण हुन सक्ने आशंका ब्यक्त गर्दै कुनै घटना घटे त्यसको सम्पूर्ण जिम्मेवारी मेयरकै हुने जिकिर समेत गरेका छन ।

“आफू इनरुवाको राजा भएको घोषणा गर्दै अदालतको आदेशको समेत आफूलाई कुनै मतलब छैन” भन्दै जबरजस्ती आफ्नो जग्गा मिचेर ढल खनाएको लम्सालले निवेदन मार्फत दावी गरेका छन ।

प्रकाशित मिति: Oct 25, 2018

प्रतिक्रिया दिनुहोस्