Logo
७ चैत्र २०८१, शुक्रबार
(October 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापान पठाइदिने भन्दै १९ लाख रकम ठगी पक्राउ

काठमाडौँ : जापान पठाइदिने भन्दै १९ लाख रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

दोलखाको मेलुङ गाउँपालिकाका वडा नम्बर १ पोवटी घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने ३७ वर्षका दिनेश कोइरालालाई प्रहरीले काठमाडौँको बालुवाटारबाट पक्राउ गरेको हो ।

उनले जापान पठाईदिने भन्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वडा नम्बर १ बस्ने श्याम खड्काबाट १९ लाख रकम असुलेका थिए ।

तर रकम लिएको लामो समय भइसक्दा समेत जापान नपठाएपछि रकम फिर्ता गर्न माग राख्दा बैंक खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै कोइरालाले १९ लाख रुपैयाँको चेक खड्कालाई दिएका थिए ।

उक्त चेक नसाटिएपछि पीडित खड्काले दिएको उजुरीका आधारमा पक्राउ परेका कोइरालामाथि बैंकिङ कसूर अन्तर्गत मुद्वा चलाइएको प्रहरीले जनाएको छ ।

कोइरालाले अन्य व्यक्तिहरुलाई पनि विभिन्न बहानामा विदेश पठाउने भन्दै ठूलो रकम ठगी गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति: Oct 24, 2018

प्रतिक्रिया दिनुहोस्