Logo
६ जेष्ठ २०८१, आईतबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असोज १९ गते देखि बनेपामा प्रथम मेयर कप फुटबल हुदै,विजेताले ५० हजार पाउने

बनेपा : बनेपामा ‘‘प्रथम मेयर कप बनेपा वडा स्तरिय नाइन ए साइड फुटबल प्रतियोगीता–२०७५’’ हुने भएको छ ।

बनेपा नगरपालिकाको मुख्य आयोजना एंव बनेपा नगरपालिका ५ नं. वडा कायालयको संयोजनमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगीता यही असोज १९ गते देखि नेपाल–बनेपा बहु–प्राविधि शिक्षालयको खेल मैदान (चाइना टाउन) मा हुनेछ ।

प्रतियोगितामा नगरपालिकाभित्रका १४ वडाहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न रु ४ लाख ५० हजार भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई काभ्रे जिल्ला फुटबल संघको प्रविधिक सहयोगमा गरिने भएको छ ।

प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले शिल्ड, मेडल, प्रमाण–पत्रको साथमा क्रमश नगद रु. ५० हजार र ३० हजार पुरस्कार पाउनेछ । त्यसैगरी अन्य विधाहरु अनुशासित टिम लगायत उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापंक्ती, उत्कृष्ट प्रशिक्षकलाइ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्