Logo
५ जेष्ठ २०८१, शनिबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीकृष्ण लुईंटेल ‘बोकेदारी’ को “स्टाइल मारेलु” भोजपुरी गीत को भिडियो सार्बजनिक (भिडियो)

काठमाडौँ : चर्चित गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी) भोजपुरी गीत “स्टाइल मारेलु” का साथ देखा परेका छन् । सामाजिक सचेतनामूलक धेरै गीतहरुमा पनि आवाज दिईसकेका गायक लुईंटेलको यो गीत भोजपुरी शैली भएपनि संदेशमुलक रहेको छ ।

पछिल्लो समय युवापुस्तामा देखिएको फेसन अनि हराउँदै गएको संस्कृतिपट्टी चोटिलो सन्देश प्रहार गरिएको गीत “स्टाइल मारेलु” मा उनकै शव्द र संगीत रहेको छ भने संगीत संयोजन डम्बर लिम्बूले गरेका छन ।

यसैगरी म्यूजिक भिडियोमा पनि उनी आफैं देखिएका छन भने उनलाई अनिशा ओलीलगायतका कलाकारले साथ दिएका छन । केशव रायमाझी, विपिन प्रसाइं, शोभिलाल मेचे, विशाल ढुंगाना र सविन मेचेले भिडियोमा श्रीकृष्णलाई साथ दिएका छन ।

भाइब्स क्रिएसनको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यस गीतमा उनको पृथक भोजपुरीआवाज नै सुन्न सकिन्छ​। श्रीकृष्ण आफैंले निर्देशन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन भने कोरियोग्राफर राज सुब्बा लावती हुन ।

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्