Logo
७ चैत्र २०८१, शुक्रबार
(October 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश स्तरिय कार्यक्रमको उद्‌घाटन : ‘संघीय सरकारको असहयोगले प्रदेशले गति लिन सकेन’

धनुषा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले विकास निर्माणका कामलाई गति दिन नसकेको आरोप लगाएका छन् । जनकपुरमा साेमबार जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ६ महिना पहिले हुने पर्ने उद्‌घाटन आज भएको बताए । संघीय सरकारले समयमा कर्मचारी नै नपठाएका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भएकोउनले बताए ।

विकास निर्माणका कार्यमा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दि‌ंदै उनले विकासका काममा ढिलासुस्ती र अनियमितता स्वीकार गर्न नसक्ने बताए । संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउनकै लागि कर्मचारी पठाउने लगायतको विषयमा असहयोग उनकाे गरिरहेको आरोपथियाे। ‘एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरु संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएकाले मानसिकतामा परिवर्तन ल्याउन अावश्यक छ,’ उनले भने ।

मुख्यमन्त्री राउतले संघीय सरकारको अवरोध कायम रहेपनि कर्मचारी अभावमा प्रदेश सरकारको कामकाज अब अवरुद्ध नहुने बताए । ‘प्रदेश सरकारले करार कर्मचारी ऐन सदनमा लगिसकेको छ,’ उनले भने, ‘संघीय सरकारले एक महिना भित्र आवश्यक कर्मचारी नपठाए आफैं कर्मचारी भर्ना गर्ने छौं।’

भवनउद्‌घाटामा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र राज्यमन्त्री डिम्पल झाले पनि संघीय सरकारले असहयोग गर्दा प्रदेश कार्यालय सञ्चालनमा समस्या भएको बताए ।

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्