Logo
१३ बैशाख २०८१, बिहीबार
(September 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब भारतबाट पाइपलाइन हुँदै सहजै र निर्वाधरूपमा पेट्रोल आउँनेछ : भारतीय पेट्रोलियममन्त्री प्रधान

जनकपुरधाम : नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँसमन्त्री धर्मेन्द्र प्रधान मन्त्री प्रधानाले पाइपलाइनबाट तेल आउन लागेपछि भारत र नेपालको सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

समकक्षी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवसँग शनिवार विहान हेलिकप्टरले धनुषाधाम र धनुषाधामबाट गाडीमा जनकपुर आएका प्रधानले जानकी मन्दिरमा दर्शन एवं पूजा अर्चना समेत गरेका हुन् ।

जानकी मन्दिरको दर्शन पश्चात सञ्चारकर्मीसंग कुरा गर्दै भारतीय सरकारका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले भारतबाट निर्वाद रुपमा पेट्रोल नेपाल आओस् भन्ने चाहेको बताए ।

उनले नेपाली जनताको सुविधाको लागि निर्वाध रुपमा पेट्रोल पठाउन मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम भइरहेको बताए ।

‘अहिलेसम्म ट्यांकरमा तेल आयात भइरहेको छ । प्राकृतिक विपदको बेला पेट्रोल आयत गर्न समस्या हुन्छ’, मन्त्री प्रधानले भने ‘ईण्डिया आयल कर्पोरेशनको ३ सय २२ करोडको लगानीमा धमाधम पाइपलाइन निर्माण भइरहेको छ ।

काममा राम्रो प्रगतिदेखिएकाले तीनवर्ष भित्र नेपाली जनताका लागि पाइपलाइन सहजरुपमा तेल आउँछ’

नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधनामन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उदघाटन गरेको ६९ किलोमिटर पाइपलाइन निर्माणको कार्यको समिक्षा गर्न आफु दुईदिने भ्रमणमा नेपाल आएको मन्त्री प्रधानले जानकारी गराए ।

यस्तै नेपाल सरकारका उद्योगा बाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुनथालेपछि आयल निगमको क्षेत्रमा रहेको सबै प्रकारको विकृति र झन्झट हट्ने बताए ।

अन्तराष्ट्रिय स्तरको परियोजना अन्तर्गत सबभन्दा पहिला मोतिहारी निजगढ पाइपलाइनको काम सम्पन्न हुने मन्त्री यादवको भनाई छ ।

मन्त्री यादवले भने ‘ निर्माणको कामको लक्ष्य तीनवर्ष रहेको छ । तर जुन गतिमा काम भइरहेको छ । यसले मलाई लाग्छ एकवर्षमा पेट्रोलियम पदार्थको काम हुन्छ ।’

उनले पाइपलाइनबाट तेल आउन थालेपछि सबैप्रकारको झमेलाबाट मुक्त हुनुको साथै पेट्रोलियम पदार्थको मूल्य घट्ने बताए । मन्त्री यादवले ग्यास आउने पाइपलाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराएका छन् ।

जनकपुर आउनु अघि दुवै मन्त्रीले धनुषाको धनुषाधामा पुगेर विदेशमा गाडी चलाउन जाने युवाहरुलाई दिईने ड्राईभिंग तालिम केन्द्रको उदघाटन गरेका छन् । दुवै मन्त्रीलाई जानकी मन्दिरमा सहमहन्त रामरोशन दासले स्वागत समेत गरेका थिए ।

प्रकाशित मिति: Sep 29, 2018

प्रतिक्रिया दिनुहोस्