Logo
१२ बैशाख २०८१, बुधबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राकृतिक ग्याँस समेत नेपाल-भारत पेट्रोलियम पाइपलाइन विस्तार गर्ने सहमती

भारतीय पेट्रोलियम मंत्री धर्वेन्द्र प्रधान र वाणिज्य आपूर्ति मन्त्री मातृका प्रसाद यादवबीच नेपाल-भारत पेट्रोलियम पाइपलाइन लगायत प्रकृतिक ग्याँसबारे सहयोग आदानप्रदान गर्ने सहमती भएको छ । राजधानी काठमाण्डौ स्थित भएको दुईपक्षिय प्रतिनिधि मण्डलबीच लामो समय यसबारे छलफल चलेको हो ।

मोतिहारी–अमलेषगंज पेट्रोलियम पाइपलाइन परियोजनाबारे समीक्षा समेत गरिएको मन्त्री यादवको निजि सचिवालयले जनाएको छ । त्यस्तै एलपीजी र प्रकृतिक ग्याँस तथा त्यसको पाइपलाइन संभावना लगायतकाबारेमा समेत दुईपक्षिय छलफल भएको हो ।

त्यस्तै शुक्रवार नै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच भेटवार्तामा भएको छ । दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने मन्त्री प्रधानले अवगत गराए ।

सो विषयमा दुई सरकारबीच सहसचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुङ्गो लाग्नेछ । कार्यबाहक प्रधानमन्त्री पोखरेलले पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी दिए ।

यसैगरी उनीहरुबीच भारत सरकारको सहयोगमा बन्ने हेटौँडा पोलिटेक्निक इन्स्टिच्युटको निर्माण चाँडो पूरा गर्ने विषयमा पनि छलफल भएको थियो । मन्त्री प्रधान शुक्रवार नै नेपाल आएका हुन् ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्