Logo
१९ जेष्ठ २०८२, आईतबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम मूल्यवृद्धि र भाडा फिर्ता लिन माग गर्दै नेविसङ्घद्धारा विरोध प्रदर्शन

काठमाडौँ : चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लगाएर विरोध गरिएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने नेविसङ्घ अध्यक्ष नैनसिंह महरले बताएका छन् ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्