Logo
६ चैत्र २०८१, बिहीबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभाव हटाउन विदाको दिनमा समेत पेट्रोलियम पदार्थ वितरण

सोमबार इन्द्रजात्राको विदाको दिनमा पनि नेपाल आयल निगमको थानकोट डिपो खुल्ने भएको छ । निगमले उपत्यकामा पेट्रोलियम पदार्थको अभाव हटाउन विदाको दिनमा समेत पेट्रोलियम पदार्थ वितरण गर्न लागिएको हो ।

निगमले यसअघिको शनिबार डिपो खोलेर पेट्रोलियम पदार्थ वितरण गरेको र इन्द्रजात्राको दिनमा पनि आवश्यक पर्ने तेल दिने डिपो प्रमुख भरत रेग्मीले घटना र बिचारलाई जानकारी दिए ।

उनका अनुसार तेल सहज हुने भएकोले अनावश्यक रुपमा घाममा लाइन बस्न पर्दैन् । निगमले आइतबार ८ लाख ६५ हजार लिटर पेट्रोल र १२ लाख ७५ हजार लिटर डिजल वितरण गरेको थियो ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्