Logo
१२ असार २०८२, बिहीबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यरत रहेका कम्पनीबाटै मलेसिया प्रहरीले पक्रियो ४७ नेपाली

अवैधानिक रुपमा मलेसियामा बसिरहेका ४७ जना नेपाली कामदारलाई प्रहरीले पक्राउ गरेको छ । साइवरजयाको एक कम्पनीमा छापा मारेर २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ ।

अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि सदुपयोग नगरेका आप्रवासी पक्राउको अभियान चलिरहेको छ । पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेशियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली र २५ जना म्यानमारका नागरिक छन् ।

बाँकी अन्य देशका नागरिक हुन् । पक्राउ परेका कतिपयसँग भिसा भएपनि एउटा कम्पनीमा काम गर्ने भिसा भएको तर अर्कै कम्पनीमा काम गरिरहेको पाइएको छ । पक्राउ परेका धेरैजसो भिसाको म्याद सकिएर पनि मलेसियामा काम गरिरहेकाहरु छन् । उनीहरुलाई वुकित जलिलको थुनुवा केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्