Logo
५ जेष्ठ २०८१, शनिबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चङ्गा चेट’ चलचित्रमा समावेश दोस्रो गीतको भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं : ‘चङ्गा चेट’ को दोस्रो गीतको भिडियो सार्वजनिक । यसअघि चलचित्रमा मुख्य कलाकारहरु समेटेर ‘गोजीमा दाम छैन’ बोलको गीत सार्बजनिक गरेको चलचित्रले ‘ढल्की ढल्की’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

यस गीतमा पनि चलचित्रका मुख्य कलाकारहरु समेटिएका छन् । भिडियोमा तीन जोडी प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, सुरक्षा पन्त, सन्दीप क्षेत्री र परमिता राज्यलक्ष्मी राणा फिचर्ड छन् ।

हरिहर तिमिल्सिनाको शब्द, राजेन्द्र भाटको संगीत रहेको गीतलाई अल्मोडा राना उप्रेतीले गाएका हुन । भिडियोको कोरियोग्राफर प्रविण सिंह हुन । दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चङगा चेट’ कात्तिक १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्