Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साफ च्याम्पियनसिप : अन्तिम मिनेटको गोलले पाकिस्तानसँग हार्‍यो नेपाल

अन्तिम मिनेटको गोलले नेपाल पाकिस्तानसँग हारेको छ । साफ च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको हो । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भयो ।

खेलको ३४ औं मिनेटमा पेनाल्टीमा गोल खाएर पछि परेको नेपालले ८२ औं मिनेटमा गोल गरेर बराबरी गरेको थियो । तर खेलको अन्तिम मिनेटमा गोल खाएपछि हार व्यहोर्न बाध्य भयो ।

बंगलादेशमा सुरु प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपालका लागि विमल घर्ती मगरले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपनि पर्याप्त भएन। ८२ औं मिनेटमा विमल घर्ती मगरले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले निराजन खड्काको पासमा सिक्स यार्ड सर्कलबाट गोल गरेका थिए।

पाकिस्तानका मोहम्मद रियाजले ३६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। नेपाल रहेको समूहमा भुटान र बंगलादेश पनि छन्। नेपालले दोस्रो खेलमा बिहीबार भुटानसँग खेल्ने छ। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

प्रकाशित मिति: Sep 4, 2018

प्रतिक्रिया दिनुहोस्