Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना सन्तान सुधार्न आमाको पहल (भिडियो सहित)

आमाले आफ्नो सन्तानलाई अति माया गर्दा सन्तानले त्यसको दुरुपयोग गरेर आउँने परिणामको कथा बोकेको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो सन्तान जुनसुकै गलत बाटोमा लागेता पनि आमाको मायाको शक्ति र धैर्यताले सन्तानलाई सही मार्गमा ल्याउँन सक्छ भन्ने भावनात्मक सन्देश बोकेको आमा बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भीर विष्टको निर्देशनमा बनेको यस गीतको भिडियोमा अरुणा कार्की र शैब्रत आचार्यको दमदार अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन् । उक्त गीतको शब्द तथा संगीत अमाशी उर्वान राईले गरेका हुन् भने सुजीत उर्वानको स्वर पनि प्रशंसा योग्य छ ।

भिडियोमा हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्