Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(September 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्यास बोकेको भारतीय नम्बरको कण्टेनर त्रिशूलीमा खस्यो

एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

चालकको मुग्लिनमा उपचार भइरहेको छ । कण्टेनर नदीले बगाएर जुगेडी ल्याई पु¥याएको जनाइएको छ । प्रहरीका अनुसार त्यसमा अन्य व्यक्ति छैनन् । अनियन्त्रित भई त्रिशूलीमा खसेको कण्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति: Sep 4, 2018

प्रतिक्रिया दिनुहोस्