Logo
२९ असार २०८२, आईतबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालतर्फ छिर्न लागेका तस्करसँग माउसुली, मूल्य सुन्दा सुरक्षाकर्मी बेहोस

काकडभिट्टा : नेपाल भारत सीमामा भारतबाट नेपालतर्फ छिर्न लागेका एक तस्करसँगबाट ५ माउसुली बरामद भएका छन् । यी माउसुलीको मूल्य सुन्दा सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीकै होसहवास उडेको छ ।

यो अत्यन्तै दुर्लभ प्रजातिको माउसुलीको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३ करोड ६८ लाख नेपाली रुपैयाँ पर्छ। ती ५ माउसुलीको मूल्य १८ करोड ४० लाख बराबरको भएको बताइएको छ ।

नेपाल भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले ती तस्करलाई नेपाल छिर्ने तयारी गरिरहेका बेला झापा जिल्लाको पारी बिहारको गलगलिया सीमा क्षेत्रबाट १५ किलोमिटर पर नक्सलवाडी बाट पक्राउ गरेका हुन् ।सुरक्षाकर्मीले ती तस्कर र माउसुली नक्सलवाडी वन विभागको जिम्मा लगाएको बताइएको छ ।

प्रकाशित मिति: Sep 3, 2018

प्रतिक्रिया दिनुहोस्