Logo
६ जेष्ठ २०८१, आईतबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नजरको तिर’ : सागरको पहिलो कोशेली बजारमा (भिडियो)

लामो समयदेखी कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’का निर्णायक सागर लोप्चनले आफ्नो पहिलो कोशेली ‘नजरको तिर’ बोलको गीतलाई बजारमा ल्याएका छन् । गीतमा सागर कै आवाज एवं अभिनय रहेको छ । उनको अलवा रेनु निरौलाको आवाज रहेको छ । भिम बिष्ट शिरिषको शब्द रहेको छ ।

यस्तै म्युजिक भिडियोमा नविना ढकालको समेत अभिनय रहेको छ । म्युजिक भिडियोलाई प्रबिन सिंहले कोरियोग्राफी गरेका छन् ।
गायक लोप्चन बरिष्ठ गायक प्रेम लोप्चनका माइला छोरा हुन् । पछिल्लो समयका युवा पुस्ताहरुमा सागरको आवाज एवं कोरियोग्राफीको माग र चर्चा बढ्दो रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्