BIMSTEC को सबै तयारी पुरा : मन्त्रीस्तरीय बैठक सुरु (फोटो-फिचर)
नागरिक टाइम्स/रासस
१३ भाद्र २०७५, बुधबार ००:००
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन बुधवार आउनु भएका भुटानका अन्तरिम सरकार प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाद्धारा दिएको सलामी ग्रहण गर्दै साथमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्त
काठमाडौँ : बिम्स्टेकमा सहभागी सबै देशका मन्त्रीस्तरीय बैठक सरु भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मा भाग लिनका लागि २ देशका राष्ट्र प्रमुख समेत काठमाण्डौ आइसकेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् । त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ ।
बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि. के सिंहले गरेका छन् । यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिएका छन् ।
बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गरेका छन् । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन बुधवार आउनु भएका भुटानका अन्तरिम सरकार प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्तबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन बुधवार आउनु भएका भुटानका अन्तरिम सरकार प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक साथमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्तबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन बुधवार आउनु भएका भुटानका अन्तरिम सरकार प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल । तस्बिर ः प्रदीपराज वन्तबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन बुधवार आउनु भएका भुटानका अन्तरिम सरकार प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्तबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका १६ औं मन्त्री स्तरीय बैठकमा उपस्थित भएका विभिन्न ७बmउस देशका मन्त्री लगायत प्रतिनिधिहरु । तस्बिर : प्रदीपराज वन्तबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका १६ औं मन्त्री स्तरीय बैठकमा उपस्थित भएका विभिन्न ७बmउस देशका मन्त्री लगायत प्रतिनिधिहरु । तस्बिर : प्रदीपराज वन्तबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन बुधवार आउनु भएका भुटानका अन्तरिम सरकार प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाद्धारा दिएको सलामी ग्रहण गर्दै साथमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्त